शनिच्चर बैशाख ०८ , ८ बैशाख २०८१, शनिबार| थारु संम्बत:२६४७

टीकापुर घटनाको नयाँ ढंगले छानविन र अध्ययन होस : उत्सव

टीकापुर घटनाको नयाँ ढंगले छानविन र अध्ययन होस : उत्सव

कैलाली, ३० फागुन । राष्ट्रिय सभा सदस्य हरिराम चौधरी ‘उत्सव’ ले टीकापुर घटनाको नयाँ ढंगले छानविन र अध्ययन गर्न जोडदार माग गरेका छन् ।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा सदस्य चौधरीले टीकापुर घटनासंग जोडिएको कैलाली क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनीधी सभा सदस्य रेशम चौधरीको विषय भुसको आगो जस्तै जनजातिको भावनामाथि चोट पु¥याएको भन्दै उनले सरकारसंग नयाँ ढंगले छानविन र अध्धयन गर्न माग गरेका हुुन् ।

राष्ट्रिय सभाको बैठकमा राखेका विषयबस्तुः
राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसद हरिराम चौधरीले कैलालीको टीकापुर क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य रेशम चौधरी निर्वाचित हुुनु भयो, निर्वाचन पश्चात विवादको रुपमा रहन गएको छ ।
अहिले देशै भरका जनजातिले ठूलो आपत्ति प्रकट गरिरहेका छन् ।
यसो हेर्दै जाँदा अदालत, सरकार र निर्वाचन आयोगको आआफ्नो प्रकारको तर्क रहेको देखिन्छ । जुन तर्कले अहिले एउटा समाज विखण्डित अथवा संविधान कार्यान्वयन तिर बढीरहेका छौ । हामीले उत्कृष्ट संविधान भनिरहेका कार्यान्वयनका प्रक्रियामा अगाडी बढीरहेका छौ । यो प्रक्रियामा आउँदै गर्दा खेरि करिब दुइ वर्ष पुग अपुग समयमा समुदायगत रुपले बन्द हडताल घोषणा गरेका औपचारिक रुपमा यसको विरुद्धमा अगाडी बढीरहेको अवस्था छ ।
सम्मानित सदन मार्फत सकारको ध्यानाकार्षण होस ताकि यो देशमा रहेका २० लाख भन्दा बढी रहेका अधिक थारु समुदायहरु अहिले यो घटना संग उनीहरु कुनै न कुनै ढंगले प्रत्यक्ष रुपले उनीहरुको भावनामाथि चोट पुगेको छ ।
अदालतको आफ्नै प्रकारको तानातान, निर्वाचनको आफ्नै प्रकारको शैली र पछिल्लो सरकारको कदम यी तीनै आफैमा विवादित छन् । अहिलेको २१औं शताब्दीमा हामी सबै नागरिक सक्षम र शिक्षित छौं ।
तेहरो टाइपको नीतिले गर्दा कैलाली क्षेत्र १ का जनताहरु परिवन्धमा परेको देखिन्छ । आमजनजातिहरु अहिले सरकारले कतै जनजाति भएकै कारणले थिचोमिचो गरेको त हैन ? भन्ने प्रश्न जबरजस्त तरिकाले उब्जेको छ ।
त्यसकारणले विशेष गरेर कैलाली जिल्लाको टीकापुर घटनासंग जोडिएको निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित रेशम चौधरीको विषय अहिले भुसको आगो जस्तै देशव्यापी रुपमा जनजातिहरुको भावनामाथि चोट पुग्ने गरि गइरहेको छ । यसलाई सरकारले नयाँ ढंगले छानविन अध्ययन गरोस भन्ने जोड दिएर आफ्नो विषयबस्तु राख्न चाहन्छु ।

error: Content is protected !!