शनिच्चर बैशाख १५ , १५ बैशाख २०८१, शनिबार| थारु संम्बत:२६४७

कमलरी प्रथामा बनेको चलचित्र ‘लावाजुनी’ युट्युबमा रिलिज

कमलरी प्रथामा बनेको चलचित्र ‘लावाजुनी’ युट्युबमा रिलिज

दाङ । कमलरी प्रथामा बनेको चलचित्र ‘लावाजुनी’ युट्युबमा रिलिज भएको छ । संचारकर्मी केएल पीडितले निर्माण र निर्देशन गरेको यो चलचित्र बिहीबार उत्सर्ग नेपालको युट्युब च्यानलबाट रिलिज भएको हो ।लावाजुनीले कमलरी प्रथाको शिकार भएका थारु बालिकाहरुको कथाव्यथा र मुक्तिको आकांक्षालाई मूल विषय बनाएको छ । थारु भाषामा ‘लावाजुनी’ भनेको, नेपालीमा ‘नयाँ जीवन’ हो ।

लावाजुनीका कार्यकारी निर्माता गेहेन्द्र बस्नेत हुन् भने चलचित्रमा श्रीधर कुमार लम्साल, रिना बस्नेत, सम्झना जीएम, बसन्तराज भट्ट र शारदा बुढाथोकीको लगानी छ ।चलचित्रमा छबिलाल कोपिला, ज्वाला खतिवडा, अनिता महतारा, सुशीला चौधरी, वर्षा लम्साल, सुप्रीया देवकोटा, निश्मा वली लगायतका कलाकारहरुको अभिनय छ ।यस चलचित्रका गीतमा सन्तोष श्रेष्ठको संगीत र कोमल वली, कुलानन्द गिरी, स्वीकृति डाँगी, कोमलसरी जिसी र यांशु श्रेष्ठको स्वर छ ।यो चलचित्र २०७५ सालमा निर्माण भएको थियो । लडकाउनका कारण लामो समयसम्म हल बन्द रहने स्थिति आएपछि चलचित्रलाई युटुबमा रिलिज गरिएको निर्देशक पीडितले बताए ।

साभार: अनलाइनखबर


error: Content is protected !!